विधाता नि एकै अनि ,भाग्य लेख्ने मसि एकै
बाधी कन भाई चारा विश्व देख्ने कसी एकै
बन्धुत्व मै अडेको छ संसार को रिति थिति
बर्ण भिन्न जात भिन्न प्रित फेक्ने हँसि एकै
कालागोरा भेदभाब बगैचा का फुल माथि
मिलाएर भाई भाई जग छेक्ने रसी एकै
अन्धकार औंशी रात आफैँ देखि डराउदा
प्रकाश भै धरणी मा पाईला टेक्ने शशी एकै
२३/०१/२०११
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा



0 प्रतिक्रिया हरु:
Post a Comment