बाङ्गो देश को सोझो कविता
--- मेरो देश मा -----
टनकपुर को झोला
पानी बिना को खोला
१२ घण्टा लोडसेडिंग
भोलि भबिष्य के होला ..?? ||१||
लाउडा को यात्रा
कहिँ नभाको जात्रा
नाङ्गा भोका जनता
हत्या हिंशा र अशान्ति मात्र ||२||
साधु को भेष
खोक्रेको देश
आफ्नै भलो चिताउनाले
जन्मदै ऋण मा नरेश ||३||
सति को सराप
नेतृत्व खराब
शान्ति त खोई कहाँ छ
भाई भाई को झडप ||४||
मुग्लान मा युवा
राजनीतिक जुवा
बलिसक्यो देश
बारुद को धुँवा ||५||
मदन न बि पी
भोट मात्र टिपी
फर्केनन् गाउँ
शहर मै छिपी ||६||
जुलुस र नारा
बिग्रेको पारा
लाठीचार्ज मात्र
युद्ध भाई मारा ||७||
आंगनै टेडो
जनता भेडो
बुझेनन् कहिल्यै
राजनीति को गेडो ||८||
18/01/2011
देवी प्रसाद ढुंगाना
हडिया बुधबारे - ०८ झापा



0 प्रतिक्रिया हरु:
Post a Comment