घात पाएँ मायाँ पिरती लाऊँदिन अब फेरी
तिमि भेट्न गैरीखेतमा धाउँदिन अब फेरी ||१||
भोक प्यास मेटथ्यौ जब बस्थ्यौ मेरा नजरमा
प्यासी बनि मायाँ को मुख बाऊँदिन अब फेरी ||२||
आखिर तिमि निष्ठुरी हौ छाडीगयौ अन्तै आज
मायाँका गीत रमाउदै गाऊँदिन अब फेरी ||३||
गर्यौ किन ? बाचा बन्धन सयौ जुनी ज्युने मर्ने
सपनीमा तिमीलाई पाऊँदिन अब फेरी ||४||
अर्कै सँग रमाउने चाह तिम्रो थाहा पाएँ
पागल प्रेमी बन्दै जगत छाऊँदिन अब फेरी ||५||
=======
04/02/2011
=======
देवी प्रसाद ढुंगाना



0 प्रतिक्रिया हरु:
Post a Comment