स्वागतम्

मेरो ब्लग निर्माणाधिन अबस्थामा रहेको जानकारी गराउन चाहन्छु ! धन्यबाद !

देवी प्रसाद ढुंगाना को "साहित्यिक फलैँचा"-(केहि मन का भावनाहरु)

मेरो फोटो

Tuesday, March 29

गजल



लेखौं केहि भन्दा  कलम रोकिँदैछ  आज मेरो 
भावना का लहर अन्तै ठोकिंदैछ आज मेरो 


नजानेरै लेखेँ कति गीत गजल कविता नि 
शब्द माला तराजु मा जोखिंदैछ आज मेरो 


कनी कुथी उन्ने गरेँ शब्द का ति पुष्प गुच्छा 
केलाउदै  एउटा  शेर घोकिंदैछ आज मेरो 


आफ्ना आफ्नै तरिका छन् बुझ्ने अनि बुझाउने 
गलत ठाउँ मसी  किन ?? पोखिंदैछ  आज मेरो 


0 प्रतिक्रिया हरु:

Post a Comment



------------------ब्लग यात्रा गर्नुभएकोमा हार्दिक धन्यबाद ! पुन: यात्रा गर्नुहोला !!-----------