सबै यहाँ सिकारु नै को सिक्ने को सिकाउने
गुरु भन्दै आदर गर्दा फगत कोहि रिसाउने
कनिकुथी लेख्दा उही भावना का लहर हरु
आफ्नै कथा मिठा लेखि अरु लाई रिझाउने
आखिर सबै सिक्ने हुँदा नबुझेरै चर्चा भयो
कोहि छैन बच्चा लाई सहि बाटो हिंडाउने
यता उता ठोकिएका लहर भाब सम्हाल्दिने
आदरणीय गुरु मैले कहाँ बाट झिकाउने ???
07/02/2011
देवी प्रसाद ढुंगाना


0 प्रतिक्रिया हरु:
Post a Comment